तमु ट्हो हृयुलको बैशाख पूर्णिमा (+Photo)
पशन तमू, मे १८ -
तमु ट्हो हृयुल हङकङद्वारा मे १८ तारिख ताइमोशान डाँडामा आयोजित बैशाख पूर्णिमा भव्यताका साथ सम्पन्न भएको छ।
बैशाख पूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रममा हङकङमा रहेका तमुहरु गुरुङ भेषभूषामा सजिएका थिए। कार्यक्रममा बिबिक्यु पार्टी, लोकनृत्य प्रतियोगिता जस्ता रमाइला कार्यक्रमहरु भएका थिए। नेपाली लोक नृत्य तथा तमु संस्कृति झल्किने बाह्रे मासे घाँटुसमेत कार्यक्रममा प्रस्तुत गरिएका थिए। रीता गुरुङ, भीम गुरुङ, मनोज घले, श्रीप्रसाद गुरुङ निर्णायक रहेको प्रतियोगितामा क्रमशः निसा गुरुङको समूह प्रथम, शुष्मा गुरुङ र सुजता गुरुङ द्वितीय र कुमार गुरुङ र मेरी गुरुङ तृतीय भए भने बाल लोकनृत्य प्रतियोगितामा क्रमशः जनक गुरुङ र निकीता गुरुङ प्रथम र एलिसा र एरोन गुरुङ द्वितीय भए। लोक नृत्य प्रतियोगिताको संचालन सुस्मिता गुरुङ (ट्यालेन्ट हन्ट २००७) ले गर्नुभएको थियो। Continue reading this post…

